प्रभु बैंकले  शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । प्रभु बैंकले आगामी फागुन १९ गते १७ औँ वार्षिक साधारण सभाको लागि डाकेको छ । 

साथै बैंकले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना समेत परिवर्तन गर्ने भएको हो ।  फागुन १९ गते डाकेको साधारण सभाले संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ कायम गर्ने प्रस्ताव बैंकले गरेको छ ।

हाल बैंकमा संस्थापकको ६१ दशमलब ३१ र सर्वसाधारणको ३८ दशमलब ६९ प्रतिशत शेयर स्वामित्व छ । उक्त बैंकको साधारणसभाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ।

बैंकले यसअघि ५ प्रतिशत बोनस शेयर र ५ दशमलब २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?