शहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी क्लबको विजयी शुरुवात

काठमाडौं । रानिपोखरी कर्नर टिम ‘आरसिटी’ क्लबले जारी शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतवार भएको खेलमा आरसिटी क्लबले नयाँ बस्ती युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 

आरसिटी क्लबलाई जित दिलाउन  संसार नन्द पलान्चोकेले दुई तथा पुकार आले मगरले एक गोल गरे । यता नयाँ बस्तीका लागि भने सानी कुमार चौधरीले एक मात्र गोल फर्काए । जितपछि आरसिटी क्लबले ३ अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?