माघ २७ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ २७ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर lLOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. ओली- प्रचण्डबीच कुरा मिल्यो  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । उनले भने,‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । 

 

2. एसएसपी बढुवाको निर्णयपछि प्रहरीमा भाँडभैलो, उप्रेतीले दिए राजीनामा : नेपाल प्रहरीको एसएसपीका लागि भएको बढुवामा असन्तुष्टि देखिएको छ । असन्तुष्टि राजीनामा दिनेसम्मको अवस्थामा पुगेको छ । यही क्रममा एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । हाल उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत थिए ।

 

3. व्याट्री पड्किँदा एसिडले दुवै आँखा जले : हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिवारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए । 

 

 

4. किन चल्दैनन् नेपाली फिल्म : पछिल्लो समय नेपाली फिल्मले हलमा दर्शक पाएका छैनन् । पहिलो त जाडोको मौसममा हलसम्म दर्शक आउन अल्छी मान्छन् । अर्कातिर दर्शकले चाहेजस्ता फिल्म रिलिज भएका छैनन् ।

 

5. विश्वका चर्चित ‘फस्ट लेडी’, मोडलदेखि गायिकासम्म :  ‘फस्ट लेडी’ कुनै पनि देशको सम्मानिय पदमा रहेको व्यक्तिको श्रीमतीका रुपमा चिनिन्छन् ।एक पुरुषलाई सफल बनाउन श्रीमतीले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । 

 

 6. १० हजार मेगावाट बिजुली आवश्यक –  सिँचाइमन्त्री : माथिल्लो त्रिशूली  ‘थ्री बी’ जलविद्युत् आयोजनाको आइतवार नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ‘नेपाल टेलिकम’को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आइवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् । 

 

7. हिमपात कारण चार दिनदेखि हवाई सेवा ठप्प  : दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधवार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको उनले जानकारी दिए । 

 

8. गोजिबाट निकालेको व्यक्ति एकिकृत संगठनको अध्यक्ष नहुने नेता नेपालको दाबी
नेकपा नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गोजिबाट निकालेको ब्यक्ति एकिकृत संगठनको अध्यक्ष नहुने बताएका छन् । एक कार्यक्रममा बोल्दै नेता नेपालले अबको केहि समयभित्र नेकपाको सबै तहमा एकिकरण हुने बताए ।

 

9. फागुन पहिलो सातामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने : आगामी फागुन २ गतेदेखि नवलपरासीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहने बताइएको छ । 

 

10. विषाक्त मदिरा सेवनबाट भारतमा ९२ जनाको मृत्यु  :  भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् भने बिरामीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । 

 

11 . ७६ किलोमिटरको बेनी–जोमसोम सडक कालोपत्र हुँदै :  दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ । प्रदेश नं ४ को भाग्य रेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । 

12. चाबहिल साँखु सडकखण्ड हिलाम्मे र चिप्लोस् पैदल यात्रुदेखि सवारी चालक मर्कामा :  अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शाली नदी मेला भर्न विभिन्न जिल्लाबाट आउने भक्तजनले सडकका कारण निकै सास्ती भोग्नुपरेको दुखेसो पोखेका छन् । 

 

13 .थाइल्याण्डकी राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय फिर्ता : थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ ।

 

14. नेपाल उद्यमशीलता सम्मेलन–२०१९ को तयारी पूरा : सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।  

 

 

15. धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीको लाठीचार्ज, गोदानका अध्यक्ष पक्राउ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । 

 

16. फागुनमा खुल्ला म्याराथन दौड प्रतियोगिता हुने : यहि फागुनमा प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ । नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । 

 

17. मोदी अरुणाञ्चल प्रदेश जाँदा चीनको आपत्ति : भारतमा नजिकिँदै गरेको चुनावलाई मध्यनजर गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी अभियानका लागि शनिवार अरुणाञ्चल प्रदेश पुगे । यो विषयलाई लिएर चीनले गम्भीर आपत्ति जनाएको छ । 

 

18. शहिद स्मारक ‘बी’ डिभिजन लिग  आरसिटी क्लबको विजयी शुरुवात :  रानिपोखरी कर्नर टिम ‘आरसिटी’ क्लबले जारी शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतवार भएको खेलमा आरसिटी क्लबले नयाँ बस्ती युथ क्लबलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?