यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर १ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १ सय २८ रुपैयाँ ९३ पैसा हुँदा विक्रिदर १ सय २९ रुपैयाँ ६१ पैसा रहेको छ । त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ ६८ पैसा र बिक्रीदर ८१ रुपैयाँ ११ पैसा रहेको छ ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यस्तै आज सोमवार  कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानीज १० यनको खरिददर  १० रुपैयाँ ३७ पैसा र बिक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६पैसा र बिक्रीदर २८ रुपैयाँ ११ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ८० पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ ७७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?