ला लिगा फुटबल : उपाधि दौडमा रहेको बार्सिलोनाले बराबरी खेल्यो

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा बार्सिलोना बराबरीमा रोकिएको छ । 

आइतवार राति सम्पन्न भएको २३ औँ चरणको खेलमा बार्सिलोना लिगको १३ औँ स्थानमा रहेको एथ्लेटिको बिल्बाओसँग गोलरहित बरारबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

खेल अवधिभर बार्सिलोनाले प्रहार गरेको १० सटमध्ये २ सट मात्र टार्गेटमा परेको थियो । यता बिल्बाओले प्रहार गरेको १३ मध्ये ५ सट टार्गेटमा परेपनि गोल गर्न भने असफल भयो । खेल सकिनै लाग्दा ओस्कार डी मार्कोस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बिल्बाओ १० खेलाडीमा सिमित भएको थियो ।

बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बाडेको छ । बार्सिलोना ५१ अंकका साथ लिगको शिर्ष स्थानमा यथावत रहेको छ ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा बार्सिलोना मात्र ६ अंकले अघि रहेको छ । ४५ अंक बनाएको रियल म्याड्रिड लिगको दोस्रो स्थानमा छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?