भ्यालेन्टाइन सप्ताहः आज ‘प्रमिस डे’

आज फेब्रुअरी ११ ! 

भ्यालेन्टाइन सप्ताहको पाँचौ दिन अर्थत ‘प्रमिस डे’ ।

आजको दिनमा प्रेमीप्रेमीकाले जिन्दगीभरी हामी एकले अर्कालाई साथ दिने छौ भनेर कसम खाने दिनको रुपमा मनाउने गर्दछन् ।

हरेक प्रेमी प्रेमीकाले यस दिन कसम खान्छन् जिन्दगी भर साथ निभाउनको लागि । यस दिन तपाई पनि आफ्नो प्रेमको जिन्दगीभर यादगार बनाउन सक्नुहुन्छ, एकले अर्कोसँग कसम खाएर ।

यसदिन तपाई आफ्नो प्रेमको लागि यस्तो वाचा गर्नुहोस् र विस्तारै त्यसलाई पूरा गर्नतर्फ पनि लाग्नुहोस् । जस्तो कि ‘प्रोमिस यू, आई विल लव यू टिल द इण्ड अफ माई लाइफ’ आदि ।

१२ फेब्रुअरी ‘हग डे’ स् यस दिन तपाई आफ्नो पार्टनरको मायाको अंगालोमा बेरेर आफ्नो माया र भावनाको अवगत गराउनु सक्नुहुन्छ । 

यस दिन तपाई आफ्नो साथीलाई ‘हग’ गरेर उसको कानमा भन्न सक्नुहुन्छ की ‘तपाइको दिलमा मेरो कुन स्थान’ छ भनेर । 

शायरीलाई पनि  आफ्नो मनको कुरा भन्नको लागि रोमान्टिक तरिका मानिदैँ आएको छ । कुनै व्यक्तिको जीवनमा त शायरी जादूको नै बनिरहेको छ । फरक तरिकाले  तपाईहरु पनि आफ्नो पार्टनरलाई शायरीबाट  'प्रमिस' गर्न सक्नुहुन्छ । 

किनकि यो महत्त्वपूर्ण हो, सम्बन्धहरू 'प्रतिज्ञा' पछि मात्र पुरा हुन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?