एजेन्सी । इटालियन लिग सिरी ‘ए’ फुटबल प्रतियोगिता अन्तर्गत लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्स विजयी भएको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-० गोल अन्तरले पराजित गर्दै जारी लिगमा सहज जित हात पारेको हो । युभेन्ट्सका लागि खेलको २३ औँ मिनेटमा सामी खेदिराले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
ADVERTISEMENT
एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल ग-यो ।
खेलको ७० औँ मिनेटमा क्रिश्चियानो रोनाल्डोले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । त्यस्तै ८६ औँ मिनेटमा एम्रि क्यानले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल युभेन्ट्सले ३-० ले आफ्नो पक्षमा पा-यो ।
जितपछि युभेन्ट्सले २३ खेलबाट ६३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको नपोलीको ५२ अंक छ ।
Leave a comment
यो पनि नछुटाउनुहोस्
च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित, युभेन्ट्स एथ्लेटिको म्याड्रिडसँग स्तब्ध
एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटी जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्ग...
फागुन ९, २०७५ | बिहिबारविश्वकप क्रिकेटको छनोट : थाइल्याण्डले टस जित्यो, नेपालले पहिले बलिङ गर्दै
काठमाडौं । ‘आईसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा आज ‘बिहीवार’ नेपालले...
फागुन ९, २०७५ | बिहिबारयुभेन्ट्सका मिडफिल्डर खेदिरालाई मुटुको समस्या
एजेन्सी । युभेन्ट्सका मिडफिल्डर सामि खेदिराको मुटुको धडकनमा समस्या देखेको छ । उनको उपचारमा सं...
फागुन ८, २०७५ | बुधबारसुदूरपश्चिम प्रदेशको ३२ स्थानमा खेल मैदान निर्माण हुने
काठमाडौं । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेल मैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशस...
फागुन ८, २०७५ | बुधबारच्याम्पियन्स लिग फुटबल : २५ सट प्रहार गर्दा पनि बार्सिलोनाले गोल गर्न सकेन
एजेन्सी । स्पेनी क्लब बार्सिलोनाले जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनल खेल...
फागुन ८, २०७५ | बुधबार