युनिभर्सल पावर कम्पनीको ‘आईपीओ’मा ४० करोडको आवेदन, अन्तिम म्याद मंगलवारसम्म

काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण सेयरमा ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।  

कम्पनीको ‘आइपीओ’मा करिब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको जनाएको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार आज ‘सोमवार’ बिहान १० बजेसम्म ४० लाख कित्ता ‘४० करोड रुपैयाँ’ बराबरको आवेदन परेको जानकारी दिए । 

निभर्सल पावर कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता बिक्री खुला गरेको थियो । आईपीओका लागि सर्वधारणहरुले भोली ‘मंगलवार’सम्म आवेदन दिन सकिने बताइएको छ । 

यो कम्पनीले ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत् आयोजनाको निर्माण पनि गरिरहेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि कम्पनी ‘आईपीओ’ जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?