विङ्क गर्ल सेलिब्रेटिः  बलिउडमा चल्यो प्रिया प्रकाश वारियरको चर्चा

एजेन्सी । केहि समय अघिदेखि मलयालम अभिनेत्री  प्रिया प्रकाश वारियर, जसको चर्चा उनको आगामी फिल्म ओरु अदार लव आखा भ्किम्काने  सिनले इन्टरनेटमा एक प्रकारको सनसनी नै मचियो । 

इन्टरनेटमा आँखा झिम्क्याएर मानिसको मन जित्न सफल अभिनेत्री प्रिया प्रकाश वारियर निरन्तर चर्चामा छिन्। प्रिया प्रकाशको अहिलेसम्म एउटा पनि फिल्म रिलीज भएको छैन। तर उनको लोकप्रियताले भने शिखर चुमेको छ।

ओरु अदार लव संग सम्बधित एउटा भिडियो इन्टरनेटमा रिलिज भयो । उक्त भिडियोले प्रियालाई रातभरमा नै चर्चित बनायो  । 

तर प्रिया त्यतिमा मात्र सिमित रहिनन् । 

उक्त नायिकाको आँखा झिम्क्याइले दर्शकहरुलाई धेरै लामो समय सम्म पनि बाधेर राख्न सफल भयो र  ओरु अदार लवलाई सबैभन्दा प्रत्याशित भारतीय फिल्म पनि बनायो । 

एक अध्ययनका अनुसार,  ओरु अदार लवले जोया अख्तरको अब रिलिज हुन लागेको फिल्मको भन्दा पनि बढि चर्चा पाएको छ ।  जोया अख्तरद्वारा निर्देशित चलचित्र  ‘गली ब्वाइ’मा  रणवीर सिंह र आलिया भट्टको मुख्य अभिनय रहको  छ । 

यद्यपि लोकप्रियता सूची समय अनुसार परिवर्तन भइरहेका हुन्छन् । तर अहिले रणवीर र अलिया स्टाररलाई दोस्रो स्थानमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?