काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
सोमवार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको दावी गरे ।
उनले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको उल्लेख गर्दै सैहृय नहुने चेतावनी समेत दिए । मुलुकमा विद्युतिकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको ओलीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया