बैंक अफ काठमान्डूको खुद नाफा ३३ प्रतिशतले वृद्धि

काठमाडौं । बैंक अफ काठमान्डू चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ दशमलब ७१ प्रतिशतले वृद्धि गरेको छ । 

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्डअनुसार यो  बैंकले ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको हो  । गत वर्ष बैंकले ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
दोस्रो त्रैमाससम्म यसको वितरण योग्य नाफा भने ६६ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानी ३५ दशमलब ५४ प्रतिशतले बढाएर १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ पु-याएको छ । 

त्यस्तै गतवर्ष बैंकले १ अर्ब ३० करोड ५२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ७७ करोड ५२ लाख रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पु-याएको छ । 

अहिलेसम्म ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा लगानी समेत गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?