संघीय निजामती सेवा विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरु प्रदर्शनमा उत्रिय

काठमाडौं । आजपनि सरकारी डाक्टरहरुले  काठमाडौंमा प्रदर्शन गरेका छन् ।

संघीय निजामती सेवा विधेयकको विरोध गर्दै उनीहरु प्रदर्शनमा उत्रियका हुन् । आइतबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिँदा पनि प्रहरीले लाठीचार्ज गरेको थियो ।  

विधेयकमा विभेदकारी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सरकारी डाक्टरहरुले सोमवार बीर अस्पतालदेखि माइतीघर मण्डलासम्म विरोध र्‍याली निकाले । र्‍यालीमा सहभागीहरुले ‘सरकारी चिकित्सकहरुलाई गाउँगाउँमा पठाऊ तर बँधुवा मजदुर नबनाऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

सबै चिकित्सकहरुलाई केन्द्र मातहत राख्न माग गर्दै उनीहरु आन्दोलनरत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?