संकटा बुढ़ासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । संकटा क्लब जारी बुढ़ासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

धरानमा सोमवार भएको खेलमा संकटा क्लबले झापाको मेची नेत्रलायलाई सडनडेथमा पराजित गर्दै अन्तिम ४ मा पुगेको हो । आइवार भएको उद्घाटन खेलमा दुवै क्लबले समान दुई-दुई गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । तर, टाइब्रेकरमा पनि समान गोल भएपछि खेलको निर्णय सोमवार सडनडेथबाट गरेको थियो । 

खेलमा संकटाका गोलरक्षक राजा बाबु थापा ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

अब संकटा क्लबले फाइनल प्रवेशको लागि धरान फुटबल क्लब र कोलकत्ता टिमको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?