नख्खुको कार्पेट गोदाममा आगलागी

काठमाडौं । ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा सोमवार दिउँसो आगलागी भएको छ ।

आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराको नेतृत्वमा प्रहरी टोली पनि आगलागी स्थलमा खटिएको छ ।

आगलागीको थप विवरण आउँन भने बाँकी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?