नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट दिए राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमवार पदबाट राजीनामा दिएका हुन् । 

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमवार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?