कसले कसरी पाउँछन् बेरोजगार भत्ता ? निर्वाह भत्ता कसका लागि

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेको छ ।

बुधवार ‘प्रधनमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो काम बेरोजगारहरुको तथ्यांक संकलन हुने बताए । 

योसँगै सरकारले आफ्ना नागरिकलाई न्यूनतम सय दिन रोजगारीको ग्यारेन्टी गर्नेछ र नभए निर्वाह भत्ता दिनेछ ।

यसैगरी सरकारले पहिला बरोजगारहरुको तथ्यांक संकलन गर्नेछन् । 

अब प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएसँगै पहिलो काम बेरोजगारहरूको तथ्यांक संकलन हुनेछ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयलका अनुसार संसदको वर्षे अधिवेशनले ‘रोजगारीको हकसम्बन्धी ऐन ०७५’ र त्यसको नियमावली अनुसार ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

सेवा केन्द्रले स्थानीय तहभित्रका बेरोजार नागरिकलाई सूचीमा आवद्ध हुन निश्चित समयसीमा दिएर आहृवान गर्नेछन् । त्यसकै आधारमा बेरोजार युवाले सरकारलाई ‘म बेरोजगार छु’ भन्ने सूचना दिनेछन् । स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक समावेश हुनेछन् ।

साथै सरकारले निर्वाह भत्ता पनि उपलब्ध गराउने भएको छ । 

न्यूनतम सय दिन काम दिन नसकेमा बेरोजगारी नागरिकलाई निर्वाह भत्ता पनि उपलब्ध गराउने भएको छ । 

कम्तिमा ५० दिनको काम गरे बराबर निर्वाह भत्ता दिइनेछ । रोजगार सेवा केन्द्रले असार १५ भित्र निर्वाह भत्ता पाउने योग्य परिवारको पहिचान गर्ने सरकारले तयारी छ ।

निर्वाह भत्ता पाउने योग्य परिवारको पहिचान गरी उनीहरुलाई एकमुष्ट २५ हजार ८ सय ५० रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?