प्रधानमन्त्रीको कटाक्षः पानी जहाजको टिकट कहिले पाइन्छ भनेर जिस्काउनु होला नी!

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एक कदम अगाडी बढेको र पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् । 

बिहीवार बिहान ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओली सो कुरा बताएका हुन् । 

यसैगरी उनले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने समेत बताए ।‘पानी जहाज कार्यालय जा

गीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो’ उनले उद्घाटन गर्दै भने ।

‘अब केही महिना पानी जहाजको टिकट कहिले पाइन्छ भनेर हामीलाई जिस्काउनुहुन्छ होला, तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’ प्रधानमन्त्री ओलीले भने । 

यसैगरी प्रधानमन्त्री ओलीले भारतले गण्डकी नदीमा डीपीआर बनाइसकेको जानकारी आफूले पाएको जानकारी समेत दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?