जिमेलमा नयाँ फिचर्स थप, प्रयोगकर्ताले सिधै इमेलबाट काम गर्न सक्ने

एजेन्सी । गुगलले आफ्नो इमेल सर्भिस जिमेलमा नयाँ फिचर्स थप गरेको छ । 

आफ्नो ब्लग पोष्टमा गुगलले गत हप्ता यसको घोषणा गरेको हो ।

गुगलले जिमेलमा राइट क्लिक मेन्यूमा केही नयाँ उपयोगी फिचर्सहरु थप गरेको छ । 

नयाँ फिचर थप हुनुअघि जिमेलमा राइट क्लिक मेन्यूमा रिप्लाई, डिलिट तथा आर्काइभ अप्सन थियो भने हाल राइट क्लिक मेन्यूमा रिप्लाई, फरवार्डिङ्ग, लेबल एड, इमेल सर्च, इमेल मूभ तथा नयाँ विन्डो खोल्नेजस्ता अप्सनहरु थपिएका छन् ।

यो सँगै प्रयोगकर्ताले सिधै इमेलबाट धेरै काम गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?