परेला पातलो  छ ? यसरी बनाउनुस् बाक्लो परेला

 —सिर्जना मिश्र
काठमाडौँ। के हो परमानेन्ट आइल्यासेस एक्सटेन्सन ? मानिसको सबै भन्दा महत्वपुर्ण र संवेदनशिल अङ्ग आँखा हो । यसका साथै आँखाको सुन्दरताले पनि मानिसको समग्र सुन्दरताको वयान गर्छ । हामी आँखा सुन्दर बनाउन विभिन्न मेकअपहरु गरेर परेला मिलाउछौँ ।

थोरै मात्र मानिसहरुको परेला लामो मिलेको र घना हुने गर्दछ । तर तपाई नआत्तिनुहोस बजारमा एउटा यस्तो प्रविधि आएको छ जसलाई ‘परमानेन्ट आइल्यासेस एक्सटेन्सन’ भनिन्छ । 

परमानेन्ट आइल्यासेस भन्नाले  आफ्नो प्राकृतिक आईल्यासेसमा उस्तै परेला जोड्नु हो । यसवाट लुक्समा कृत्रिमपना देखिदैन । यसकालागि उच्च गुणस्तरको ग्लु तथा आइल्यासेसको आवश्यकता पर्दछ ।

ग्लुको सहायताले व्यक्तिको  आफ्नै  परेलाको आधा भागमा एक एक गर्दै अर्को परेला टास्दैँ गइन्छ ।  कसरी राख्ने केहि डर हुँदैन ? यो प्रश्न सिर्जना हुनु स्वभाविक हो ।

यस्ता विभिन्न कस्मेटिक कुराहरुले आँखालाई असर गर्छ भन्ने हामीमा भ्रम छ । तर यो राम्ररी एक्स्टेन्सन गर्ने हो भने यसमा समस्या हुँदैन । यसमा प्रयोग गरिने ग्लु र परेला आँखामा परिक्षण पछि उत्पादित उच्च गुणस्तरको हुने भएकाले यसले कुनै बेफाईदा गर्दैन ।

 

 परमानेन्ट आइल्यासेस एक्सटेन्सन गर्न कति समय लाग्छ ? 

आँखा जस्तो संवेदनशिल अंगमा परेला हाल्नु सहज काम होइन ।  त्यसै त परेला मसिनो हुन्छ त्यसमाथि आँखा जस्तो संवेदनशील अङ्गसंग जोडिएकोले एक्सटेन्सन गर्दा निकै सावधानी अपनाउनु पर्दछ । परेला एक्सटेनसन गर्दा निकै समयलाग्छ ।

 दुवै आँखामा परेला एक्सटेन्सन गर्न २ देखि ४ घन्टा समय लाग्छ । आइल्यासेस एक्सटेसन गरिसकेपछि जो कसैको लुक्समा पुर्ण परिवर्तन देखिन्छ । यसले सानो आँखा ठुलो देखाउँछ ।  

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?