प्रदेशलाई सबै हिसाबले समृद्ध बनाउतर्फ प्रदेश सरकार अग्रसर: मख्यमन्त्री राई

भोजपुर । प्रदेश १ लाई समृद्ध बनाउने योजना अनुसार प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । 

आइतवार भोजपुरको पौवादुङ्मामा आयाजित कार्यक्रममा मुख्यमन्त्री राईले पहाडी तथा हिमाली जिल्लाबाट बढ्दो पलायन रोक्नुपर्ने बताएका हुन् । 

उनले भने, देशमा राजनीतिक स्थिरता आइसकेका कारण आब प्रदेश र यहाँका जनतालाई सबै हिसाबले समृद्ध बनाउतर्फ प्रदेश सरकार अग्रसर रहेको बताए । 

यसैगरी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संघीयताको नयाँ अभ्यास भएकाले एक वर्ष सिकाइमै बितेको बताए । उनले अब भने कामले गति लिने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?