नुहाइदिने भन्दै तीन वर्षीया नाबालिकामाथि  बलात्कार

 ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ३० वर्षे यूवालाई पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका- २ मनकामनाकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका २ मनकामनाकै  ३० वर्षीय रमेश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले नाबालिकाको नजिकै धारामा लगेर नुहाइदिने भन्दै झाडीमा लगेर बलात्कार गरेको खुलेको छ ।

विकले नाबालिकाको नजिकै धारामा लगेर नुहाइदिने भन्दै झाडीमा लगेर बलात्कार गरेको खुलेको छ ।

नाबालिकामाथि बलात्कार भएको  खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेर हिरासतमा लिएको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?