भद्रकालीमा बसको ठक्करबाट दुईजना घाइते

काठमाडौं । काठमाडौंस्थित भद्रकालीको आकाशे पुलमुनि बसको ठक्करबाट दुईजना घाइते भएका छन् । बा३ख २४१६ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन् ।

मोटरसाइकल चालक सामान्य घाइते भएका छन् भने मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) काजीकुमार आचार्यले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?