म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । म्यान्चेस्टर युनाइटेड जारी एफए कप फुटबल  प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

स्टामफोर्ड ब्रिजमा सोमवार राति सम्पन्न भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ को स्थान तय गरेको हो ।

खेलको ३१ औँ मिनेटमा युनाइटेडका लागि आन्द्रे हेरेराले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफ सकिनै लाग्दा पाउल पोग्बाले गोल गरे । खेलको पहिलो हाफसम्म २-० गोलको अग्रता लिएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा भने गोल गर्न सकेन् ।

अब सेमिफाइनल प्रवेशको लागि म्यान्चेस्टर युनाइडेडले उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । यता चेल्सी भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?