शिवम् सिमेन्टको ‘आईपिओ’मा २८ करोड ७१ लाखको आवेदन

काठमाडौं । शिवम् सिमेन्टको साधारण शेयरमा २८ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

सिमेन्टले हिजो ‘सोमवार’देखि प्रिमियम मूल्यमा निष्काशन गरेको  साधारण शेयरमा २८ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलवारसम्म ७ हजार ७ सय ९२ आवेदनबाट ९ लाख ५७ हजार २ सय ३० कित्ता शेयर माग भएको हो।

आईपिओमा सर्वसाधारण तथा मकवानपुरबासीले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताको हकमा मकवानपुरबासीले ५ लाख ७९ हजार ६ सय ४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् । 

सिमेन्ट कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपैयाँमा २ सय प्रिमियम सहित प्रतिकित्ता ३ सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता र मकवानपुरबासीका लागि अंकित मूल्य एक सय रुपैयाँमा १ सय प्रिमियम सहित प्रतिकित्ता २ सय रुपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?