सुनुवाइ समितिले अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे छलनबिन गर्ने

काठमाडौं । संवैधनिक परिषद्बाट मुस्लिम आयोगका अध्यक्ष सिफारिस गरिएका समिम अन्सारीमाथि संसदीय सुनुवाई समितिले छानविन गर्ने भएको छ । 

समितिको मंगलावर बसेको बैठकले अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको हो । 

सुनुवाइ समितिमा अन्सारीको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको, नागरिकता विवादित रहेको र नेकपाको केन्द्रीय सदस्य रहेको उजुरी परेको थियो ।

बैठकले उजुरीकर्तासँग छलफल र छानबिन पछि मात्रै सुनुवाइ गर्ने निर्णय गरेको छ । त्यसका लागि उजुरीकर्तासँग समितिले आजै छलफल गरिएको छ ।

गत माघ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको थियो ।

परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्व अर्थसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेशी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोग र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष सिफारिस गरिएको छ ।

संवैधानिक परिषद्बाट विवादित प्रमाणपत्रहरु र जिल्ला प्रशासन कार्यालय काठमाडौं ९ ठेगाना रहेको अन्सारीको नागरिकता मगाउने समितिले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?