बुढानिलकण्ठ नगरपालिकामा १२ वर्षीय बालकको रहस्यमय मृत्यु

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा १२ वर्षीय बालकको रहस्यमय मृत्यु भएको छ । 

बुढानिलकण्ठ नगरपालिका भंगालको दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय बालक समुन्द्र मल्लको रहस्यमय मृत्यु भएको हो । 

कक्षा २ मा अध्ययरत मल्ल सोमवार अपरान्ह होस्टलको कोठाभित्र झुण्डि रहेको अवस्थामा फेरा परेको शिक्षकले बताए ।

 कोठामा रहेको दुई तले खाटको माथिल्लो पट्टी रहेको फलाममा सलले झुण्डिएको अवस्थामा भेटिएका मल्लालाई त्रिवि शिक्षण अस्पताल, महारागञ्ज लगिएको थियो । तर, अस्पताल गरिएको मल्लको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिए । 

बालकको मृत्युबारे प्रहरीलाई खबर गरिएको थिएन् । बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले खबर पाएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी फणीन्द्र प्रसाईं बताए । 

कक्षा २ मा पढ्ने विद्यार्थीले आत्महत्या गरेको शिक्षालयले दाबी गरेका छन् भने प्रहरीले बालकको हत्या हो की आत्महत्या हो अनुसन्धान भइरहेको जनाएको छ । उता स्थानीयले घटना रहस्यमय भएको बताउँछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?