फेसबुकमा नयाँ फिचर आउँदै

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याउन लागेको छ । 

फेसबुकले इन्स्टाग्राम तथा टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्मले फेसबुकलाई टक्कर दिइरहेको बेला फेसबुकले ‘एलओएल’ लाफिङ आउट लाउडका लागि कार्य गरिरहेको छ ।

युवाहरूलाई आकर्षित गर्न फेसबुकले यस्तो फिचर ल्याउन लागेका हुन् । 

यसमा मिम, जीआइएफ र रमाइलोले भरिएको छोटो भिडियो शेयर गर्न सकिनेछ । यस ‘एलओएल’ ले फेसबुक प्रयोगकर्ताहरुलाई रमाइलो तरिकाले हँसाउन सहयोग गर्नेछ । 

फेसबुकले यसका लागि गोप्य रूपमा तयारी गरिरहेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?