फागुन ७ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन ७ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1.सीएमसी काममा नर्फिएपछि तनहुँ हाइड्रोपावरले तोड्यो ठेक्का सम्झौता : तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । मंगलवार तनहुँ हाइड्रोपावर लिमिटेडले सीएमसीलाई टर्मिनेसन लेटर दिएको हो ।

 

2. सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा : सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । मंगलवर न्यायाधीश जोशीले प्रधानन्याधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । 

 

3. स्वीरमा टुँडिखेलको रौनक : ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समारोह कार्यक्रमको आयोजना गरियो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

 

4. राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने गरी गोलमेच सम्मेलन गर्न माग राप्रपाको माग:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गरेको छ । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपा अध्यक्ष कमल थापाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । 

 

5. राजीनामा दिएका पाठकविरुद्ध अख्तियारको अनुसन्धान शुरु : अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ । नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएपछि आयुक्त पाठकले गत शुक्रवार पदबाट राजीनामा दिएका थिए । 

 

6.वैद्य माओवादीले चार जिल्लाबाट एकसाथ मेची–महाकाली अभियान शुरु गर्दै : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)ले आज (मंगलवार)देखि काठमाडौंसहित चार जिल्लाबाट मेची–महाकाली अभियान शुरु गर्दैछ । आज काठमाडौं, कञ्चनपुर, झापा र कास्कीबाट मेची–महाकाली अभियानको एकसाथ शुरुवात गर्न लागेको हो । 

 

7.सुनुवाइ समितिले अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्ने : संवैधनिक परिषद्बाट मुस्लिम आयोगका अध्यक्ष सिफारिस गरिएका समिम अन्सारीमाथि संसदीय सुनुवाई समितिले छानविन गर्ने भएको छ । समितिको मंगलावर बसेको बैठकले अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको हो । 

 

8.नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने दुष्प्रयास अस्वीकार्य : प्रधानमन्त्री : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतान्त्रिक प्रक्रियामा अवरोध, विकास निर्माणमा बाधा र वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताएका छन् । मंगलवार ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

9. बालिका बलात्कारपछि हत्या गरी जलाएको आरोपमा निरज जर्घामगर पक्राउ : बालिकालाई बलात्कारपछि हत्या गरी शव लजाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत शुक्रवार धनुषाको मिथिला नगरपालिका ३ हरीहरपुरकी ११ वर्षीया बालिका रेश्मा भन्ने दुतीया रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । 

 

10.आइसीसी’ विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी शुरुवात, मलेसिया ३४ रनले पराजित : ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको खेलमा नेपालले विजयी शुरुवात गरेको छ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो । १ सय २७ रनको विजय लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मलेसियाका पारी निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा मात्र ९२ रनमा समेटिएको थियो ।

 

11.बुढानिलकण्ठ नगरपालिकामा १२ वर्षीय बालकको रहस्यमय मृत्यु : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा १२ वर्षीय बालकको रहस्यमय मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका भंगालको दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय बालक समुन्द्र मल्लको रहस्यमय मृत्यु भएको हो । 

 

12.केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताए । 

 

13.भारतले अमेरिकासँग डेढ अर्ब डलरको तेल किन्ने : भारतको इन्डियन आयल कर्पोरेशन ‘आईओसी’ले आगामी आर्थिक वर्षमा अमेरिकासँग डेढ अर्ब डलर बराबरको कच्चा तेल खरिद गर्ने सम्झौता गरेको छ । आईओसीले आगामी आर्थिक वर्षमा अमेरिकाबाट ३० लाख टन कच्चा तेल खरिदका लागि सोमवार मात्र सम्झौता गरेको हो ।

 

14 भारतीय गायक सोनु निगम नर्भिक अस्पताल भर्ना : भारतीय गायक सोनु निगम थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । मंगलवार दिउँसो १ः३० बजे गायक सोनु अस्पताल भर्ना भएका हुन् ।

 

15.सन् २०१८ मा एचएसबीसीको नाफा २० अर्ब डलर : विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । 

 

16.होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३ हजार ५ सयको रोजगारी जोखिममा : कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ । 

 

17.अमेरिकामा गोली हानी तीन बालबालिकासहित चारको हत्या : अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

 

18. फेसबुकमा नयाँ फिचर आउँदै सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर ल्याउन लागेको छ । फेसबुकले इन्स्टाग्राम तथा टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्मले फेसबुकलाई टक्कर दिइरहेको बेला फेसबुकले ‘एलओएल’ लाफिङ आउट लाउडका लागि कार्य गरिरहेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?