प्रथम नुवाकोट आदिवासी महोत्सवका लागि साकुरासँग सम्झौता

काठमाडौं–प्रथम नुवाकोट आदिवासी महोत्सव २०७५ को सह प्रायोजन साकुरा नेपाल कन्सल्टेन्सीले गर्ने सम्झौता भएकोछ।

काठमाडौं, सामाखुशी चोक स्थित साकुरा नेपाल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठ र आदिवासी जनजाति महासंघ नुवाकोटका सचिव बुद्धि बहादुर तामाङबीच सह प्रायोजकको निम्ति सम्झौता भएको आर्थिक उपसमितिका सदस्य प्रकाश लामाले जानकारी दिए ।
‘पर्यटन, उद्योग, व्यापार, कृषिमा बिकास गरि आर्थिक समृद्धिका साथ स्वावलम्बन, प्रथम नुवाकोट आदिवासी महोत्सव लोपोन्मूख भाषा, सांस्कृतिक भेषभुषा, संस्थागत संरक्षण र जातीय पहिचान’ भन्ने मूल नारा सहित २०७५ फाल्गुण १६ देखि २६ गते सम्म नुवाकोटको व्यापारिक केन्द्र बट्टार बजारमा हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?