काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ भने एक जनाको पदस्थापन गरेको छ ।
वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवलाई सरकाले सरुवा गरेको हो ।
सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । वाइडबडी जहाज खरिद प्रकरणमा मछिएका देवकोटा यसअघि पर्यटन मन्त्रालयमा थिए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा ल्याइएको छ ।
यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ भने खानेपानी मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए ।
यसैगरी अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया