रोहित पुरानो क्लब पर्सिजा जाकार्तामा आवद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तामा आवद्ध हुने पक्का भएको छ  

गत सिजन पर्सिजा क्लबबाटै खेल खेलेका उनले यस सिजनमा पनि सोहि क्लबमा रहँदै खेल खेल्न लागेका हुन् । रोहितले चाडै नै पर्सिजा क्लबसँग सम्झौता गर्न लागेको जनाइएको छ ।

गत सिजनमा रोहित इन्डोनेशियाको लिगमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । इन्डोनेशियाको लिगमा उच्च प्रर्दशन गरेका उनले थाइल्याण्ड र अस्ट्रेलिया लगायतका देशमा समेत ट्रायलका लागि प्रयास गरिरहेका थिए । यसैबेला पुनः उनलाई पर्सिजा क्लबले अनुबन्धन गर्न लागेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?