कोमल वलीले गृहमन्त्रीलाई सोधिन् : बमजनलाई किन पक्राउ नगरेको ?

बुधबार राष्ट्रियसभा बैठकमा सांसद कोमल वलीले बमजनलाई किन पक्राउ  नगरेको भन्दै प्रश्न राखेकी छिन् । 

 गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै उनले भनिन्, आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर स्वयं आएर सम्बन्धित युवतीहरुले, हाम्रा छोरीहरुले भन्दै आएको अवस्थामा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ? उनलाई किन पक्रिएको छैन ? प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी विभिन्न प्रतिक्रिया आईरहेको सन्दर्भ के हो ? 

वलीको जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताए ।

‘यो घटनालाई सरकारले हल्का रुपमा लिएको छैन,’ गम्भीरतापूर्वक नै लिएको छ ।’ 

 सरकारले बमजनमाथि छानबिन गरिरहेको गृहमन्त्री थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?