विश्वकप क्रिकेटको छनोट : थाइल्याण्डले टस जित्यो, नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । ‘आईसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा आज ‘बिहीवार’ नेपालले थाइल्याण्डको सामना गर्दैछ । 

थाइल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दैछ । 

जारी एशिया छनोट खेल अन्तर्गत नेपाली टिम घरेलु टोली थाइल्याण्डलाई  पराजित गर्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । यसअघि भएको  पहिलो खेलमा जित निकालेको नेपाल उच्च मनोबलका साथ दोस्रो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा नेपालले मलेसियालाई  ३४ रनले पराजित गरेको थियो । गत महिना सम्पन्न भएको महिला टी-ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा  नेपाल थाइल्याण्डसँग ९ विकेठले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित भएको थियो ।

त्यसैले आज नेपाललाई हारको बदला लिने मौका समेत छ । थाइल्याण्डले पनि आफ्नो पहिलो खेलमा चीनलाई ६ विकेटले हराएको थियो । 

दुई खेलमा दुई जितका साथ संयुक्त अरब इमिरेट्स ‘युएई’ अंक तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड नेट रन रेटका आधारमा क्रमशः दोश्रो र चौथो स्थानमा छ । मलेसिया भने तेस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?