विश्वकप क्रिकेट छनोट : थाइल्याण्डद्वारा नेपालसामु १ सय २५ रनको चुनौती प्रस्तुत

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको खेलमा थाइल्याण्डले नेपालसामु १ सय २५ रनको चुनौती प्रस्तुत गरेको छ । 

बैंककस्थित एशियन इन्स्टिच्युड अफ टेक्नोलोजी मैदानमा बिहीवार टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै 
१ सय २४ रनको योगफल तयार पारेको थियो । 

थाइल्याण्डका लागि ओपनर ब्याट्स विमेन नट्टाकन छन्ताम मात्र ५ रन बनाएर आउट भइन् । अर्को ओपरन ब्याट्स विमेत नरुमल चाइवाई ३२ रन जोडेर पेभेलियनमा फर्किन । त्यस्तै बोच्छाथामले १२ रन, चानिदा सुथ्थिरुयाङले ३५ तथा लिङप्रासेटले अविजित २८ रन जोडिन । 

नेपालका लागि नेरी थापा र कविता कुवरले समान २-२ विकेट हात पारिन । करुणा भण्डारी र कप्तान रुबिना क्षेत्रीले एक-एक विकेट लिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?