बालबालिकाको डरमर्दो रोडक्रसिङ, युवायुवतीसमेत बेपर्वाह पारी तर्छन् (फोटोफिचर)

सडक दुर्घटनाको समाचार दिनहुँ जसो सुनिन थालेको छ ।

सडक दुर्घटनाको पहिलो सिकार हुन्छन्,पैदल यात्रु ।

कहिले पछाडीबाट सवारीले ठक्कर दिन्छ त कहिले सोझै ल्याएर ठोक्काउँछ । दुई सवारीको चेपुवामा पनि पैदल यात्री परीरहेका छन् ।

यता सवारी चालकको चर्को स्वरले कराउँछन्, तिमीहरुको आँखा छैन ?

आखिर गल्ति कस्को हो ?

चालकको प्रमुख गल्तिको कारण सवारी दुर्घटना बढीरहेको छ भन्ने अवस्था पनि छैन । कतिपय अवस्थामा पैदल यात्रुले पनि ध्यान नपुर्याएको देखिन्छ ।

सरकार र सम्बधित निकायले सडक सुरक्षाको लागि पनि सशक्त किसीमको पहलकदमी लिन सकेको छैन ।

परिणामस्वरुप सडक दुर्घटनामा मृत्यु हुनेको संख्यामा दिनानुदिन बृद्धि भइरहेको छ ।

भत्केको सडक, धुलाम्मे बाटोहरु, सडकका अव्यवस्थित लेन, मेटीएका जेब्रा क्रसिङ, सडक अनुशासनको अभाव जस्ता सडकका समस्याका दुर्घटनाको कारणको टप लिस्टमा छन् । तर विद्यार्थीहरु स्कुल ड्रेसमा यतिसम्म निर्मम ढंगले बाटो काट्छन् कि उनीहरुलाई सडक दुर्घटनाको कुनै प्रवाह नै छैन । स्कुलमा जेब्रा क्रसिङबाट मात्र बाटो काट्नु, फुटपाथ बाटै मात्रै हिड्नु भनेर नैतिक शिक्षामा पढाइने भएतापनि त्यसलाई वास्तविक जीवनमा लागू गर्नबाट उनीहरु चुकेका छन् ।

बेलाबेलामा सरकारले पनि दुर्घटनाका कारण खोज्ने र त्यो अवस्थामा सुधार ल्याउन विभिन्न विमर्श थालेको, चालकहरूलाई सावधानी अपनाउनका लागि आवश्यक प्रशिक्षण दिएको पनि नसुनिएको होइन तर दुर्घटनाको जोखिम न्यून भएको पाइँदैन ।

कतिपय अवस्थामा सडकमा हिँड्ने बटुवाका कारण पनि दुर्घटना हुने गर्छन् । त्यसकारण सरकार, चालक र अन्य सरोकारवालासँगै बटुवा पनि सावधान हुनु जरुरी छ । माघ महिनामा मात्र सात सय २० दुर्घटनामा परेका थिए । सो दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने २९ जाना गम्भीर घाइते भएका थिए । चार सय ४२ जनालाई सामान्य चोट लागेको थियो ।

पुस महिनाको तुलनामा माघ महिनामा दुर्घटनाको संख्यामा केही कमी आएको छ ।

कलंकी–कोटेश्वर सडकखण्डमा बिहानको समयमा खिचिएका केहि दृश्य:

तस्वीरः सरोज सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?