फागुन ९ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

 

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७५ साल फागुन ९ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. मन्त्रिपरिषद् बैठकका यी २३ निर्णय, महासेनानीको बढुवादेखि महालेखा नियन्त्रक पदमा पदस्थापनसम्म :  सरकारले प्रत्येक वर्षको फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष फागुन १ गतेलाई रोजगार दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीवार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

 

2. कांग्रेसका नेता कार्यकर्ताबिच हात हालाहाल, उप सभापति र सहमहामन्त्री यसरी खनिए (भिडियोसहित) : नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका  नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबिच झडप भएको छ । नेविसंघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्ष लाई केन्द्रिय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिती आएको हो ।  

 

3. मेडिकल कलेज सम्बन्धि सरकारको यस्तो निर्णय : सरकारले मेडिकल कलेज स्थापनाको लागि दरबन्दी र अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।सरकारले ३ वटा मेडिकल कलेज स्थापनाका लागि सो निर्णय गरेको हो ।

 

4. नेकपा बैठक- कार्यदलको सुझावमाथि छलफल, पूर्ण प्रतिवेदन बुझाउन थप एक हप्ता समय माग : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए ।

 

5. कांग्रेस नेतृ पार्वती शाहलाई ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति :  नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ ।नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधवार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

 

6. राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन स् प्रधानसेनापति :  प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् ।  

 

7. बिचल्ली विद्यार्थीहरुलाई तत्काल उद्धार गर्न विवेकशील साझा पार्टीको आग्रह :  अष्ट्रेलियामा बिचल्ली नेपाली विद्यार्थीबारे विवेकशील साझा पार्टी गम्भीर चिन्ता व्यक्त गरेको छ । आज बिहिवार प्रस विज्ञप्ति जारी गर्दौ बिचल्ली विद्यार्थीहरुलाई तत्काल उद्धार गर्नका साथै अष्ट्रेलियन सरकारसंगको समन्वयमा उनीहरुको अध्ययनको प्रवन्ध मिलाउन विवेकशील साझा पार्टी नेपाल सरकारलाई आग्रह गरेको छ ।

 

8. बालबालिकाको डरमर्दो रोडक्रसिङ, युवायुवतीसमेत बेपर्वाह पारी तर्छन् (फोटोफिचर) : सडक दुर्घटनाको समाचार दिनहुँ जसो सुनिन थालेको छ ।सडक दुर्घटनाको पहिलो सिकार हुन्छन्,पैदल यात्रु । एलिसा अर्याल लेख्छिन्, ओ हो एकैछिन सडकमा टहलिनुस् त सडक अनुशासनको अ पनि भेट्न मुस्किल हुन्छ । 

 

9. भारतको मणिपुर घटनाको अनुसन्धानको जिम्मेवारी मानव बेचबिखन ब्यूरोलाई :  नेपाल प्रहरीमा पछिल्लो पटक थपिएको मानव बेचबिखन ब्यूरोले गर्ने भएको छ ।भारतको मणिपुरबाट एक सय ७९ जना नेपालीलाई उद्धार गरेर ल्याइएको घटनाको अनुसन्धानको जिम्मेवारी ब्यूरोलाई दिइएको हो । 

 

10. डीपीएल क्रिकेट  महेन्द्रनगर युनाईटेड दोस्रो क्वालिफायर्समा प्रवेश : महेन्द्रनगर युनाईटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ ।बिहीवार भएको इलिमिनेटरमा बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराउँदै शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर क्वालिफायर्समा पुगेको हो ।

 

11. सामाजिक सञ्जालको गलत प्रयोग स् परिएला कानूनको फन्दामा :  सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ रु वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन रु यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ ।

 

12. धितोपत्र बोर्डका अध्यक्ष कार्कीको राजीनामाको माग गर्दै ब्रोकरहरु आन्दोलनमा :  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको राजीनामाको माग गर्दे शेयर दलाल व्यवसायीहरुले धितोपत्र बोर्ड घेराउ गरेका छन्। शेयर दलाल व्यवसायीहरुले बिहीवार बोर्ड अध्यक्ष कार्कीको उदण्ड व्यवहारले ब्रोकरहरु अपमानित भएको आरोप लगाउँदै धितोपत्र बोर्ड घेराउ गरेका हुन् । 

 

13. थाङ्का चित्रस् एउटा अद्भुत इतिहास, तर यसरी मासिँदैछ  :  बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो, थाङ्का ।तिब्बती शब्द “ थाङ्का” को शाब्दिक अर्थ “अभिलेखीकरण गरिएको सन्देश” भन्ने हो । एलिसा अर्यालले व्यापारीलाई सोधिन्, कस्तो छ व्यवसाय ? 

 

14. बंगलादेश आगलागी ृअपडेटेस् ७८ जनाको मृत्यु, दर्जनौँ घाइते (तस्वीर सहित) : बंगलादेशको राजधानी ढाकाको एक भवनमा आगलागी हुँदा कम्तिमा ७८ जनाको मृत्यु भएको छ ।राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरु दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । 

15. विष खुवाएर नातिनी मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन ।

 

16. अष्ट्रियाका विदेशमन्त्री करिन नाइसल काठमाडौंमा :  अष्ट्रियाका विदेशमन्त्री करिन नाइसल आज ९बिहीवार० अपराह्न नेपाल आइपुगेकी छिन् ।अष्ट्रियाका विदेशमन्त्री नाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणका लागि काठमाडौं आएकी हुन् । 

 

17. शेयर बजार  झिनो अङ्कले वृद्धि :  बुधवार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ । 

 

18. नेपाल भारत जोड्ने झोलुङ्गे पुल ५ दिनका लागि ४ घण्टा बन्द हुँदै :  दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे  पुल बिहिबार देखी ५ दिनका लागि बन्द हुने भएको छ ।जिल्ला सदरमुकाममा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल मर्मत गर्नु पर्ने भएकाले फागुन ९ गते देखि १३ गते सम्म तदअनुसार फेब्रुअरी २१ तारीख देखि २५ तारिख सम्म दिउसोको समयमा पुल बन्द हुने भारतिय पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार मार्फत जनाएको छ ।

#अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?