लाजिम्पाटबाट २१ किलो चरेशसहित ४ जना प्रहरीको फन्दामा

काठमाडौं– काठमाडौंको लाजिम्पाटबाट २१ किलो लागु औषध चरेशसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ लाजिम्पटस्थित निल सरस्वतीथानबाट मकवानपुरका राम कुमार मोक्तान, रमेश मोक्तान, सुकराम गोले र राजेन्द्र गोलेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?