दुर्घटनामा घाइते सांसद वली रहेनन्

काठमाडौं– दुर्घटनामा घाइते भएका प्रदेश नम्बर पाँचका नेकपा सांसद उत्तर कुमार वलीको निधन भएको छ । गएको माघ २४ गते दाङको घोराही लमही सडक खण्डमा भएको कार दुर्घटनामा घाइतले वलीको उपचारको क्रममा काठमाडौंस्थित मेडिटिसी अस्पतालमा निधन भएको हो ।
उनी तत्कालीन नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद थिए । वलीको शुक्रबार बिहान निधन  भएको हो ।
दाङको तुलसीपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र  लमहीबाट घोराहीतर्फ जाँदै गरेको वली सवार बा १८ च ६८३६ नम्बरको कार घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने मुसोटको चिसापानी नजिक आपसमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा एक जनको मृत्यु भएको थियो भने, १३ जना घाइते भएका थिए । उनलाई काठमाडौंस्थित नेकपा पार्टी कार्यालयमा श्रदाञ्जली दिएर दाङ ल्याई अन्तिम संस्कार गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?