महिला विश्वकप क्रिकेट छनोट : नेपाल र युएईबीचको खेल जारी

काठमाडौं । ‘आईसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत आज ‘शुक्रवार’ नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’ सामना गरिरहेको छ । 

ट्रेडथाई क्रिकेट मैदानमा अहिले युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ गरिरहेको छ । जारी एशिया छनोटको तीन खेलमा जित निकाल्दै युएईले छनोटको सम्भावनालाई बलियो बनाएको छ ।

युएई ६ अंक जोड्दै अंक तालिको शिर्ष स्थानमा छ । यसअघि थाइल्याण्डमा नै सम्पन्न भएको टी-ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । त्यसैले आजको खेलमा युएईलाई पराजित गर्दै खेलमा पुनरागमन गर्ने अवसरका साथ नेपाली टिमले बलिङ गरिरहेको छ ।

हामीले यो समाचार तयार पार्दासम्म युएइले ६ ओभर खेल खेल्दै ४ विकेट गुमाउँदै १२ रन बनाएको छ । युएईका ओपनर ब्याट्स विमेन इशा रोहितले २ रन, छाया मुग्हल ३ रन तथा काभिशा इगोडेजले मात्र ४ रन बनाएर आउट भइन् । त्यस्तै कप्तान हुमाइरा तास्निम मात्र १ रनमा पेभेलियनमा फर्किन । नेपालका लागि उपकप्तान सिता रानामगर र कविता कुवरले समान २—२ विकेट लिएका छन् । 

पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । एशिया छनोट प्रतियोगितामा नेपालसहित ७ टिम सहभागि छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?