फान्समा फ्ल संक्रमण : २ हजार ८ सयको मृत्यु

काठमाडौं । फान्समा फ्लुका कारण २ हजार ८ सय जनाको मृत्यु भएको छ । 

चसोमा संक्रमण हुने फ्लुका कारण फान्समा अक्टोबरदेखि फेब्रुअरी ३ सम्ममा कम्तीमा २ हजार ८ सय जनाको मृत्यु भएको हो ।

फ्लुका कारण मृत्यु हुनेमा अधिकांश ७५ वर्षमाथिका वृद्धहरु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । 

रिपोर्ट अनुसार, फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुका कारण प्रभावित भएका छन् । 

उपचारका लागि अस्पताल पुगेकामध्ये दुई हजार १ सय ३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् ।

भर्ना भएकामा पनि अधिकांश ७५ वर्षमाथि वा १५ वर्षमुनिका बिरामी रहेको रिपोर्टमा उल्लेख छ ।

अस्पताल उपचारका लागि पुगेका अधिकांश बिरामीमा फ्लु ‘एचथ्रीएनटू’ को सङ्क्रमण देखिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?