चेल्सी र आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश

एजेन्सी । इंग्लिस क्लब चेल्सी जारी युरोपा लिग फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बिहीवार राति सम्पन्न भएको राउण्ड अफ ३२ को दोस्रो लेगको खेलमा चेल्सीले स्विडेनको क्लब माल्मोलाई  ३-० गोल अन्तरले पराजित ग-यो । चेल्सीले माल्मोलाई समग्रमा ५-१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को स्थान तय गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलको ५५ औँ मिनेटमा ओलभर जिराउडले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ७४ औँ मिनेटमा रोस बार्कलीले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।

७३ औँ  मिनेटमा रासमस बेग्टसन रातो कार्ड खादै मैदान बाहिरिएपछि माल्मो १० खेलाडीमा सिमित बनेको थियो । एक पक्षिय रहेको खेलको ८४ औँ मिनेटमा कलुम हडसन ओडईले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल चेल्सीले ३-० ले जित्यो ।

यसअघि भएको पहिलो लेगको खेलमा चेल्सीले माल्मोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । 

त्यस्तै बिहीवार राति नै भएको राउण्ड अफ ३२ को दोस्रो लेगको अर्को खेलमा आर्सनलले बाते बोरिसोभलाई ३-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग-र्यो । आर्सनलको जितमा खेलको ३९ औँ मिनेटमा शकोदरन मुस्तफीले तथा ६० औँ मिनेटमा सोक्राति पापस्तथोपोलोसले समान एक-एक गोल गरेका थिए ।

बाँकी एक गोल भने उपहार स्वरुप पाएको थियो । खेलको चौंथो मिनेटमा बातेका डिफेन्डर जाखर वोल्कोवको आत्मघाती गोल गरेका थिए । यसअघि भएको पहिलो लेगको खेलमा भने आर्सनल बातेसँग १-० गोल अन्तरले पराजित भएको थियो । 

बिहीवार राति नै भएका अन्य खेलहरुमा इन्टर मिलानले रापिड विनलाई ४-० गोल अन्तरले तथा रेन्नेर्सले रियल बेटिसलाई ३-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?