नेकपा सचिवालय बैठक आज पुनः बस्दै, कार्यदलको म्याद थपबारे छलफल गर्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नेकपा सचिवालय बैठक बस्न लागेको हो । 

पार्टीको तल्लो कमिटिको एकता प्रक्रियालाई गति दिन गठित कार्यदलको म्याद थप तथा आगामी रणनीति तय गर्न सचिवालय बस्न लागेको नेकपाले जनाएको हो । 

सचिवालय सदस्य समेत रहेका वरिष्ठ नेता झलनाथ खनालका अनुसार कार्यदलले पूर्ण प्रतिवेदन बुझाउन १ साताको समय आवश्यक रहेको भन्दै हिजोको बैठकमा समय माग गरेको थियो । यद्यपी सचिवालय सदस्यहरु म्याद थप गर्ने र नगर्ने भन्ने विषयमा विभाजित भएकाले सहमति जुट्न सकेको छैन । 

यसैगरी आज बस्ने बैठकमा कार्यदलले हालसम्म गरेका कामको प्रतिवेदन सहित हिजोको बैठकमा बुझाएको सुझावका सम्बन्धमा समेत छलफल हुने नेता खनालले जानकारी दिए । 

पटक–पटक म्याद थप्दा पनि कार्यदलले अन्तिम प्रतिवेदन दिन नसकेपछि नेकपामा तल्लो कमिटिको एकता प्रक्रिया अन्योलमा पर्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?