भेनेजुएलाले ब्राजिलपछि कोलम्बियाको सीमा क्षेत्र बन्द गर्ने

एजेन्सी । भेजेजुएलाले ब्राजिलसँगको आफ्नो सीमा क्षेत्र बन्द गरेको छ । 

भेनेजुएलाका राष्ट्रपति निकालस मडुरोले अन्तर्राष्ट्रिय सहायता सामाग्री सीमा क्षेत्रमा जम्मा भएपछि सीमा क्षेत्र बन्द गर्ने घोषणा गरेका हुन् । 

राष्ट्रपति मडुरोले आफ्ना टेलिभिजन सम्बोधनका क्रममा कोलम्बियासँग समेत सीमा बन्द गर्ने तयारीमा रहेको बताएका छन् । 

मुलुकमा मानवीय संकटको अफवाह फैलाएर अमेरिकाले षड्यन्त्र गरिरहेको राष्ट्रपति मडुरोको आरोप छ । 

कोलम्बिया सीमा क्षेत्रमा अमेरिकाले पठाएको सहयोग सामाग्री लिन विपक्षी नेता हुवा गुवाईडो नेतृत्वको स्वयंसेवक टोली सिमा क्षेत्रको यात्रामा रहेको बीबीसीले उल्लेख गरेको छ ।

उता गुवाईडोले स्वयंसेवकले भारी बोकेरै भएपछि मानविय सहायता सामाग्री मुलुक भित्र्याउने प्रतिवद्धता जनाएका छन् भने मडुरोको पक्षमा रहेको रुसले ३ सय टन सहयोग सामाग्री  भेनेजुएला पठाउने घोषणा गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?