ट्याक्टरले किच्दा बालकको मृत्यु

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको प्रहरीले जनाएको छ । 

बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स१त ४२३१ नंको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको थियो । 

ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?