काठमाडौं । फर्स सेक्युरिटी अफिसबाट वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ५ लाख घुस लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको ।
काठमाडौं महानगरपालिका १६ माछापोखरिस्थित सेक्युरिटी अफिसबाट वैदेशिक रोजगारमा पठाई दिन्छु भनी ५ लाख घुस लिएको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाडौं महाराजगञ्ज बस्ने ५२ वर्षीया रविन्द्र योन्जन र पर्वत चुलुङका घर भई हाल मित्रनगर गोंगबु बस्ने २३ वर्षीय सन्तोष विक छन् ।
उनीहरुलाई बिहीवार राति विशेष सूचनाको आधारमा उक्त रकम घुस लिँदै गर्दा महानगरीय प्रहरी वृत्त बामलाजुबाट खटिएको प्रहरी टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
यस विषमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया