श्रीमतीको टाउको हातमा लिएर जब श्रीमान प्रहरी चौकी पुगे…

एजेन्सी । भारतको मध्य प्रदेशको मुरैन जिल्लामा एक व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेर उसको काटेको टाउको लिएर प्रहरी चौकी पुगे । यो घटना बुधबारको हो । 

चबंलको क्षेत्रमा पर्ने मुरैन जिल्ला राजधानी भोपालभन्दा चार सय ५० किलोमिटर टाढा छ । 

मुरैनको पुलिसको अनुसार बुधवार यो घटना भएको हो जब कल्याण शाक्यवार आफ्नो पत्नीको टाउको काटेर प्रहरी चौकी पुगेका थिए, रिर्पोट गर्नको लागी । उनले भने कि उनले आफ्नो श्रीमतीको हत्या गरे । उसलाई प्रहरीले तुरुनतै नियन्त्रणमा लिएका थिए । पुलिस प्रशासन यो घटनाको छानबिन गरिरहेको छ । गाउँमा पनि पुलिस परिचालन गरिएको छ । 

यो घटनामा यो आशंका गरिएको छ कि श्रीमानले आफ्नो श्रीमतीमाथि शंका थियो कि उसको सम्बन्ध अरुसँग थियो जसको नतिजा यो घटना हो । पुलिसका अनुसार, मुरैन जिल्लाको मुहुवा चौकीको केदारपुर गाउँमा कल्याण शाक्यवर उर्फ गब्बर और उसकी पत्नी पंकज बस्थे । 

दुई जनाको प्रय जस्तो झगडा हुने गरेको जनाइएको छ । बुधवार पनि एक अर्कोसँग भनाभन भएको थियो । विवाद यति बढ्यो कि कल्याणले पंकजको शिर वञ्चरोले काटे । 

उनीहरुको विवाह १० वर्ष अगाडि भएको थियो । उनीहरुको तीनजना सन्तान छन् । 

पंकजको हत्या गरेपछि कल्याण उनको शिर लिएर महुआ चौकी पुगे । हातमा महिलाको शिर देखेर सबै तर्सिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । 

पुलिसका अनुसार जब कल्याणले यो घटनालाई कार्यान्वयन गरेका थिए त्यतिबेला उनीहरुको जेठो छोरा अमन घरमा थिए जसको उमेर ७ वर्ष भनिएको छ । 

पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएका छन् । यसैबीच प्रहरीले उक्त वञ्चरो पनि बरामद गरेको छ जुन हत्या गर्न प्रयोग गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?