राष्ट्रपति भण्डारी र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रवार अपराह्न राष्ट्रपति भण्डारी र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री ल्याङ्केष्टरबीच भेटवार्ता भएको हो । 

त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा नेपाल तथा बेलायत सरकारका उच्च अधिकारीको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?