राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । 

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भएको तीनवटा विधेयक राष्ट्रपति भण्डारीबाट आज (शुक्रवार) प्रमाणीकरण गरेकी हुन् । 

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?