अल्बानियामा बंकर बनाउनुको यस्तो छ रहस्य ?

—सिर्जना मिश्र
एजेन्सी । अल्वानिया, १४ वर्षसम्म शीत युद्ध चलेको राष्ट्र । यो राष्ट्रमा सन् १९७५ देखि १९८९ सम्म शीत युद्ध चलेको थियो ।

त्यति नै बेला बनाइएको थियो बंकर अर्थात सानो घर । युद्ध बेला अल्वानियाका सेनाहरु बस्नको लागि बंकर बनाइएको जनाएको छ ।

बंकरमा रेष्टुरेन्ट, स्विमिङ खेल्न, खाद्यान्न भण्डार र पानी राख्नको लागि प्रयोग गरिन्थ्यो । लामो समयदेखि कम्युनिष्ट शासनको कारण यो मुलुक अन्य राष्ट्र भन्दा निक्कै पृथक तरिकाले चलेको थियो ।

बामपन्थी तानाशाही एन्बर होक्साहका सत्रुबाट बच्नको लागि बंकरको निर्माण गरेको बताइएको छ ।

एक ट्रेकिङ गाइडर उल्टन काशीले यहि बंकर हाल पर्यटकीय क्षेत्र बनेको छ । शीत युद्धको बेला अनिश्चितता र परमाणु युद्धको डरले केही राष्ट्रहरु भने युद्ध लड्न तयार रहेको थियो ।

त्यति बेला नै तानाशाह एन्वरले सो बंकरको निर्माण गरेको बताइएको छ । अल्वानिया हजारौँ पुरानो इतिहास बोकेको राष्ट्र पनि हो । तर, चार दशकको पुरानो इतिहास अहिले हजारौँ सालको विरासतमाथि भारी परिरहेको छ ।

अल्बानियाको एड्रियाटिक किनाराको भित्री भागमा धेरै संख्यामा रहेको गोलाकार आकारको बंकर देख्न सक्ने जनाइएको छ ।

यी बंकर सन् १९७० मा बनाइएको थियो । त्यतिबेलादेखि नै अल्बानिया सोवियत संघबाट अलग्गिएको थियो ।

तानाशाह एन्वरलाई लाग्थ्यो की छिमेकी देश युगोस्लाभिया र युनानलाई लिएर अमेरीका र सोवियत संघसम्म हरेक मुलुक उनको मैदानमा टेक्ने छन् ।

यही डरले एन्वर होक्सहाले पुरै देशको सुरक्षाका लागि बंकर बनाउन शुरु गरेका थिए । बंकर कक्ष व्लोरको खाडीदेखि राजधानी तिरानाको पहाडसम्म बनाइएको छ । मोटेनीग्रोको सीमादेखि युनानको दीपकोर्फुसम्म बंकरको निर्माण गरिएको थियो । बंकर बनाउने क्रममा नै अल्बानिया यूरोपको सबै भन्दा गरिव देशसमेत बनेको थियो ।

एजेन्सीको सहयोगमा
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?