क्षेत्रीय कारागारका प्रमुख ७५ हजार घुससहित पक्राउ

काठमाडौं । क्षेत्रीय कारागारका प्रमुख ७५ हजार घुससहित पक्राउ परेका छन् । 

शुक्रवार मध्यान्ह १२ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोली क्षेत्रीय कारागारको क्वार्टरमा पुगेका थिए ।  

क्वार्टरमा  पुगेको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई ७५ हजार घुससहित पक्राउ गरेको हो । 

कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका उनलाई ७५ हजारसहित अख्तियारका डीएसपी केशव भट्टराईको नेतृत्वमा गएको टोलीले उनकै क्वार्टरबाट पक्राउ गरिएको अख्तियार प्रदेश कार्यालयका सूचना अधिकृत देवकुमार राईले जानकारी दिए । 

लामो समयदेखि अधिकारीले चौकीदारलाई सरुवाको बाहनामा कम माग्दै आएको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?